२०८१ फागुन १४, बुधवार , ०४:३५:१९ बजे

Sajhamanch
'

ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा आजदेखि शुरु

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । नेपाली सेनाले आजदेखि दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा शुरु गरेको छ । गोरखा दरबारबाट पदयात्रा शुरु भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने उद्देश्यका साथ गोरखा–जितगढी एकीकरण पदयात्रा शुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताउनुभयो ।

गोरखा–जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सेना सहभागी भएका छन् । पदयात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको पाँच पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइँमा भाग लिएका गुरु बक्स पल्टनका टोली आ–आफ्नो पल्टनको झन्डासहित सहभागी हुन्छन् ।

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छ ।

नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सवको रूपमा मनाउने गरिन्छ । यो उत्सवमा सहभागी हुने गरी पदयात्रा शुरु गरिएको हो ।

नेपाली सेनाले ११ दिनको दिनमा जितगढीसम्मको २०७ किलोमिटर दुरी पार गर्नेछ

सम्बन्धित खबर