२०८१ वैशाख १९, बुधवार , ०८:५७:३५ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, चैत २७, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/२२

जिल्ला झापा मेचीनगर–६ बस्ने श्रीमती विष्णुमाया पोखरेल (सदस्य नं. १५४६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल फागुन ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजकी छोरी धनकुमारी पोखरेल भट्टराईले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल चैत २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

मङ्गलवार, चैत २७, २०८० | विज्ञापन

सम्बन्धित खबर