२०८१ फागुन १४, बुधवार , १२:५२:४२ बजे

Sajhamanch
'

शनिवारदेखि आजसम्म ११५ ठाउँमा डढेलो, काठमाडौं अहिले विश्वको तेस्रो प्रदूषित शहर

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।

वन तथा भू–संरक्षण विभागका अनुसार अस्ति शनिवारदेखि अहिलेसम्म ११५ वटा ठाउँका जङ्गलमा डढेलो लागेको छ । अहिले २३ वटा ठाउँमा डढेको लागिरहेकोमा सबैभन्दा धेरै दाङका मात्रै छ वटा ठाउँमा डढेको लागिरहेको छ । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन बढ्ने जोखिम छ ।

स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । नयाँ पालुवा पलाउने आशा र कतै कतै बदमास मनसाय भएका व्यक्तिहरूले वनमा आगो लगाउने गरेका छन् ।

आगलागीका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ । अहिले काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा र बङ्गलादेश दोस्रो नम्बरमा छ । अहिले काठमाण्डौ उपत्यकाका सबै प्रदूषण मापन स्टेशनको हावा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।

सम्बन्धित खबर