
झापा। झापाको दमकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार राति ९ः३० बजे दमक नगरपालिका–१ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कमल गाँउपालिका–६ का २५ वर्षीय शंकर श्रेष्ठको अनुहार र दुवै हातमा चोट लागेको छ भने मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका–२ का ३२ वर्षीय सुजन बुढाथोकीको अनुहार र बाया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेहरुको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।