२०८१ पौष ३, बुधवार , १०:२३:०० बजे

Sajhamanch
'

पाथीभरामा तीर्थयात्रीको घुइँचो : एकै दिन ८ हजारले गरे दर्शन

शनिवार, चैत २४, २०८०

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै आठ हजार भक्तजनले मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जनाले मन्दिरको दर्शन गरेका हुन्।

यो संख्या यो सिजनकै सबैभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा असोजदेखि यता एक सिजन र फागुनदेखि यताको एक सिजन गरी मुख्य दुई सिजन मानिन्छ। मन्दिरको दर्शन गर्न यहाँ बाह्रैमास उल्लेखित संख्यामा तिर्थालु आउने गर्छन्।

सम्बन्धित खबर