![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Dead.jpg)
रसुवा । लाङटाङ क्षेत्र एक पर्यटकको मृत्यु भएको छ।लाङटाङको भ्रमण गर्ने क्रममा शुक्रबार बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा उनीलाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश भएका थिए।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित मेडिसिटी अस्पताल पुर्याउँदा चिकित्सकले साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले बताए।