२०८२ जेठ १०, शुक्रवार , ०९:४१:०८ बजे

Sajhamanch
'

‘मलाई नखोज्नु, म छोरा हुन लायक भइन’ भन्ने चिठी लेखेर मेचीनगरका १४ वर्षीय बालकले घर छाडे

शुक्रवार, चैत २३, २०८०

मेचीनगर । झापा मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछि खोजीदिन अभिभावकले आग्रह गरेका छन् ।

हिजो चैत २२ गते प्रनितले ‘मलाई नखोज्नु, म छोरा हुन लायक भइन, म हराएँ भनेर नरुनु’ भनी बाबुआमा गोपाल–सीता शिवाकोटीलाई चिठी छोडेर बेपत्ता भएको परिवारले जनाएको छ ।

प्रनितले लेखेको चिठी घरको किचन कोठामा पाए पछि हजुरबुवा टंकप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआलीलाई नाति खोजीदिन निवेदन पनि गरिसकेका छन् ।

प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसाङमा कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढेपछि संस्कृत विद्याप्रति रुचि राखेका कारण अभिभावकले ४ वर्षयता नेपालको संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।

आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउने आधारमा बनाउादै छिन् भने र बुवा गोपाल छोराको शिक्षासहित पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरबाट अर्थको जोह गर्दैआएका छन् ।

परिवारको एक्लो छोरा भएकै कारण आगामी शैक्षिक शत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दाम्पतीले । तर, अचानक छोरोले चिठ्ठी लेखेर बेपत्ता भएपछि दम्पतीको होसहवास उडेको छ ।

प्रनित हराएको बारेमा आफन्त छिमेकी र उसका साथीभाई सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा गोपालको भनाई छ ।

सम्बन्धित खबर