२०८१ फागुन १३, मङ्गलवार , ०१:५०:०१ बजे

Sajhamanch
'

उपनिर्वाचनका लागि इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचनका लागि मतदान स्थलर केन्द्र तोकेको छ।

बिहीबार बसेको बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै बझाङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोक्ने स्वीकृत भएको प्रवक्ता पौडेलले बताए।

बैठकबाट देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेको थियो। प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेशसभा तर्फ बझाङ १(१)मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

सम्बन्धित खबर