२०८१ फागुन १३, मङ्गलवार , ०२:३५:४४ बजे

Sajhamanch
'

झापाको बुद्धशान्तिमा आगलागि : २ लाख बराबरको क्षति

शुक्रवार, चैत २३, २०८०

भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुना टोल बस्ने बिष्णु कुमार श्रेष्ठको गाई गोठमा अचानक आगोलागि भएको छ । आगलागि अन्दाजि बिहान ९ः१५ बजेको समयमा भएको हो ।

सुचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारे झापाका प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलि, स्थानियबासी, प्रहरी, सशस्त्र प्रहरी, तथा मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा ९ः५० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागिबाट गोठ, गोठमा राखेको पराल पूर्ण रुपमा जलि नष्ठ हुँदा अन्दाजि मुल्य रु। २,००,००० बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जानाएको छ । आगलागिबाट अन्य मानबिय तथा चौपाया क्षति नभएको, ईलाका प्रहरी कार्यालय बुधबारेले जानएको छ ।