२०८१ फागुन १३, मङ्गलवार , १०:५२:१५ बजे

Sajhamanch
'

आज सुनचाँदीको भाउ घट्यो

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । दुई दिनसम्म लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ५० रुपैयाँ थियो ।

सम्बन्धित खबर