
झापा । वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ मतदाता कायम भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै उक्त संख्या यकिन गरेको हो ।
आसन्न उपनिर्वाचनका लागि इलाम–२ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छ । त्यस्तै, बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।