
काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल ‘ए’ले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएको हो । तीन खेलको शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो ।
शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ ।