२०८१ फागुन १२, सोमवार , ०७:३१:५४ बजे

Sajhamanch
'

कोशीमा दुई दिनभित्र नयाँ सरकारको दाबी पेश हुन्छ : हिक्मत कार्की

बिहिवार, चैत २२, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाँडै एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले एक २ दिन भित्रमै नयाँ सरकारको दाबी पेश हुने बताए । उनले यसका लागि तयारी भइरहेको बताए ।उनले सरकार बन्ने विकल्प रहुन्जेल संसद् विघटन नहुने दाबी गरे ।

उनले सरकारको दाबी पेश भएपछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार लम्ब्याउन सक्ने पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीले बताए उनले कोशी प्रदेशमा माओवादीले दोहोरो चरित्र देखाएका कारण सरकार फेरबदलमा ढिलाइ भएको कार्कीले प्रष्ट पारे ।

उनले भने ,केहि साथीहरूका कारण सरकार बनाउने विषयमा फेरबदलमा ढिलाइ भएको हो अव सबै मिल्यो सरकारका विषयमा कोशीमा नयाँ कोर्स शुरु हुन्छ ।

सम्बन्धित खबर