२०८१ फागुन १३, मङ्गलवार , ०२:१७:४० बजे

Sajhamanch
'

५ वटा परियोजनाका लागि १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

बिहिवार, चैत २२, २०८०

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

आज बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपर तमोर जलविद्युत् आयोजना, अपर मोरङ ए जलविद्युत् आयोजना, कोहलपुर बाणगङ्गामा रहेको सौर्य ऊर्जा परियोजना, ह्वासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि झन्डै एक खर्ब रुपैयाँ बरारको लगानी स्वीकृत भएको बताउनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना कार्यान्वयनको चरणमा केही कामहरू गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आउँदो लगानी सम्मेलनमा आयोजना विकास सम्झौता (पीडीए) गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अपर मर्स्याङ्दी जलविद्युत् परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय पनि भएको पनि बताउनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना सहजीकरण गर्ने विषयमा अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्तिका विषयमा अध्ययन गर्ने बनेको समितिलाई एक महिनाको समयअवधि थप गरेको बताउनुभयो ।