२०८१ फागुन १२, सोमवार , ०८:२६:१५ बजे

Sajhamanch
'

गण्डकी मुख्यमन्त्रीमा दाबी पेस गर्न सात दिनको समय

बुधवार, चैत २१, २०८०

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साता समय दिएका छन्। प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनका लागि बुधबार एक साताको समय दिएका हुन्। बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्।

सम्बन्धित खबर