
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको छ ।
सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३० हजार पाँच सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।