२०८१ पौष ३, बुधवार , १०:४०:५१ बजे

Sajhamanch
'

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मङ्गलवार, चैत २०, २०८०

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री जम्कट्टेलले आउँदो एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, मन्त्रीहरू, राजनीतिक दलका नेता र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए ।

नवनियुक्त मन्त्री आलेमगर काठमाडौं क्षेत्र नम्बर–१० ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।