२०८१ फागुन १२, सोमवार , ०९:५३:१२ बजे

Sajhamanch
'

नेपाल ‘ए’ ले दियो आयरल्यान्ड–उल्भ्सलाई २१४ रनको लक्ष्य, आरिफ ९३ रनमा नट आउट

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपालको ‘ए’ टोलीले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण टी–२० क्रिकेटमा आयरल्यान्ड–उल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा नट आउट ९३ रन बनाए । यस्तै रशिद खानले २४, कमलसिंह ऐरीले नट आउट १९ रन बनाए । आयरल्यान्ड–उल्भ्सका कप्तान फिओन हान्डले २ विकेट लिए ।

आयरल्यान्ड–उल्भ्सले यसअघि नै शृङ्खला जितिसकेको छ । आयरल्यान्ड–उल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले जितेको थियो । आज नेपालले आफूलाई क्लिन स्वीपु हुनबाट जोगाउने प्रयास गर्नेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्नेछन् । यो शृङ्खला पर्सि बुधवारदेखि त्रिवि क्रिकेट मैदानमै शुरु हुनेछ ।

सम्बन्धित खबर