२०८१ फागुन १२, सोमवार , ०८:५५:४४ बजे

Sajhamanch
'

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

सोमवार, चैत १९, २०८०

काठमाडौँ । घरेलु टोली नेपाल ‘ए’ ले टी- २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ। यसअघि नेपाल २१ र ४० रनले पराजित भएको थियो। यता आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ। नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन।

नेपाली टोली

विनोद भण्डारी(कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, सराफ, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी, विपिन खत्री

सम्बन्धित खबर