२०८१ फागुन १२, सोमवार , ०४:००:५६ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा घाइते बुद्धशान्तिका न्यौपानेको मृत्यु

सोमवार, चैत १९, २०८०

झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गंभीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो उपचारका क्रममा हिजो साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख, प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिएका छन् ।