२०८१ फागुन १२, सोमवार , १२:४९:४९ बजे

Sajhamanch
'

कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक बन्द

सोमवार, चैत १९, २०८०

काठमाडौं । हेटौँडालाई काठमाण्डौसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि हिजोदेखि गाडीको आवागमन बन्द गरिएको हो ।

यो सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले गाडी आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिनुभयो । उहाँले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताउनुभयो ।

यसअघि यही चैतको पहिलो हप्तादेखि कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागिगाडी सञ्चालन बन्द गरिएको थियो ।

निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाण्डौ आवतजावत गर्ने गाडी आवागमन गर्न थालेपछि सडक कालोपत्र नभएसम्मका लागि फेरि यातायात आवागमन बन्द गरिएको वडा कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर