२०८१ फागुन १२, सोमवार , १०:२५:३९ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई हरायो

सोमवार, चैत १९, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतवार भएको खेलमा घरेलु टोली गुजरातले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ ओभरमा १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९-२९ रन बनाए ।

सम्बन्धित खबर