![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Besisahar-Chame-Sadak1689210348.jpg)
लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।