२०८१ पौष २७, शनिवार , ०५:३१:४९ बजे

Sajhamanch
'

महागुरु शालिक तोडफोड कार्यको विरोध

शुक्रवार, चैत १६, २०८०

दमक । किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसँगै शालिक राख्ने कार्यमा भइरहेको अर्नगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुवै संस्थाले शुक्रबार दमकमा पत्रकार सम्मेलन गरी सिलौटीमा रहेको राष्ट्रिय विभूति महागुरुको समाधिस्थल तोडफोड नगरी आफनै जमीनमा शालिक राख्ने कार्यले त्यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्पष्ट पारेको हो ।

किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धी गलत प्रचार गरेकोमा आपत्ति जनाउँदै दुवै संस्थाले त्यस्तो धारणा अघि सारेका हुन् । यसअघि बिहीबार मात्र दुवै संस्थाले इलाममा पत्रकार सम्मेलन गरी संस्थागत धारणा सार्वजनिक गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले महागुरुसँग सम्बन्धित विषयलाई सत्यतथ्य तोडमोड गरी किरात धर्मावलम्बीहरुलाई भ्रमित बनाउने कार्य ठिक नभएको बताए ।

महागुरुको महान उद्देश्य विश्वशान्ति तथा मानव एकता कायम गर्नु नै भएको भन्दै उनले त्यसै कार्य अन्तर्गत हालसम्म देशैभर १०२ वटा माङहिम, ३३ वटा महागुरुको शालिक स्थापना भइसकेको उनले बताए । सिलौटीमा त्यसै अनुसार शालिक राख्ने कार्य भएकोमा त्यसो हुन नदिन कथित किरात धर्म सत्यहाङमा सेवा संघले अवरोध पुरयाएको उनको भनाई थियो ।

उनका अनुसार हामीलाई शालिक राख्न सो समूहबाट अवरोध मात्र नभएर शसस्त्र प्रतिरोध गर्नेदेखि गुरु आत्मानन्द माथिसम्म मुद्धा चलाउनेसम्मका हर्कत भएको छ । उनले भने, ‘यो शोभनीय हुदै होइन, यस्तो कार्यले सिंगो किरात धर्म माथि चोट पुरयाएको छ’ उनले आफूहरु माथि उल्टै अनर्गल मुद्धा लगाएर दुःख दिए पनि यसबारे प्रशासन गम्भीर नभएको जिकिर गरे । यो विषयमा प्रशासनले तदरुकता देखाउनु पर्ने उनले सुनाए ।

सम्बन्धित खबर