२०८१ माघ १२, शनिवार , ०५:०५:५८ बजे

Sajhamanch
'

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेश अधिवेशन चैत २६–२७ गते बिर्तामोडमा

शुक्रवार, चैत १६, २०८०

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ ।

महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको अध्यक्षतामा नेपाली कांग्रेस झापाको कार्यालयमा शुक्रबार सम्पन्न कोशी प्रदेशस्तरीय बैठकले झापाको विर्तामोडमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रदेशभित्रका १४ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।

प्रदेश अधिवेशन तयारीका लागि संयोजक लिङदेनको अध्यक्षतामा १०१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । गठित समितिका सदस्यहरुमा कोशी प्रदेशका सबै केन्द्रीय सदस्यहरु, चौध जिल्लाका अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु एवं ५६ वटा प्रदेशसभा क्षेत्रका क्षेत्रीय अध्यक्षहरु सदस्य रहनेछन् ।

महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

सम्बन्धित खबर