२०८२ वैशाख ९, मङ्गलवार , ०७:५०:५४ बजे

Sajhamanch
'

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताए। उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन्।

अध्यक्ष दाहालले भने,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु।’

नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन्।

राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरू र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिए।

सम्बन्धित खबर