काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि कमलसिंह ऐरीले चौथो विकेट लिएका हुन्।
१५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराएका हुन्। डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए।