काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्।
हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएपछि सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याएर जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्।गत फागुन २३ गते सरकारमा सहभागी नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए।