
भद्रपुर । झापाको कनकाई नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ परेका छन् ।
कनकाई–३ दिव्यरत्न बोर्डिङ स्कुलको छेउबाट कनकाई–४ का २७ वर्षीय मुस्तक अनसारी र कनकाई–३ का २३ को सलिम आलमलाई शंका लागेर चेकजाँच गर्दा मुस्तक अनसारीले लगाएको कालो पेन्टको दाहिने गोजीमा सलाईको बट्टाभित्र रहेको ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदर्था प्लास्टीकसहित १ ग्राम ७० मिलिग्राम फेला परेको थियो । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ ।