२०८१ माघ १३, आइतवार , ०८:३३:२८ बजे

Sajhamanch
'

विराट गोल्डकप : आरटीएफसीको विजयी सुरुआत

शुक्रवार, चैत १६, २०८०

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) विजयी भएको छ । आठौं संस्करणको प्रतियोगिताको पहिलो खेलमा नेपला पुलिस क्लबलाई ३–० गोलले हराएर आरटीएफसी क्वाटरफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबारदेखि रात्रीकालीन प्रतियोगिता सुरु भएको हो ।

थिम्पुले पहिलो क्वाटर फाइनल खेल १७ चैतमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग खेल्नेछ । सहिद रंगशालामा फ्लडलाइटमा प्रतियोगिता गराइएको छ । थिम्पुको जितका लागि किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान एक एक गोल गरेका थिए ।

पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले डिबक्स भित्र टच गर्दामा गोलमा परिणत भयो । आरटीएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरे । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो ।

पहिलो हाफमा दुई गोलले पछि परेको पुलिस दबाबमा परेको थियो । दोस्रो हाफदेखि केही आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले धेरै अवसर सिजर्ना गरे पनि गोल गर्न सकेनन् । तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिएको छ ।

खेलको ७ औँ मिनेटमा पुलिसका सञ्जीव लामाको फ्री किक प्रहार बाहिरयो । १७ औं मिनेटमा उज्जल राईले डिबक्स भित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ आंै मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार पनि बाहिरियो । ३७ औं मिनेटमा पुलिसको शिशिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा परेन ।

४० औँ मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरू भएकाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताउँदै भने, “राम्रै प्रदर्शन गर्न खोजेका थियौं तर केही कमजोरी भए । दुःखी छैनौँ ।” ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरू तयारी रहेको उनको भनाइ छ ।

जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको बताउँदै भने, “पहिलो हाफमा दुई गोल गरेर हामीले दबाब बनाउन सक्यौँ । दोस्रो हाफमा पनि हाम्रा खेलाडीहरूले राम्रो प्रदर्शन गरे ।” खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्युरोड टिम एनआरटी काठमाडौंबीच हुनेछ ।

प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । यसमा विदेशी तीन र स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी छन् । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खबर