काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो ।
बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिए । अब राष्ट्रियसभा बैठक शुक्रबार अपराह्न १:१५ बजे बस्ने छ ।