काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका लागि बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किंदै छ । छनोटको समूह ‘एच’मा रहेको नेपालले बहराइनमा घरेलु टिमसँग दुई खेल खेलेको थियो ।
बहराइनसँगको पहिलो खेल नेपालमा हुने तालिका रहे पनि अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले होम र अवे दुवै खेल बहराइनमा खेलेको हो । जसअन्तर्गत पहिलो खेलमा नेपाल ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार नेपाली टिम आज राति ११ः४५ बजे त्रिभुवन विमानस्थल आइपुग्नेछ । नेपाली टिम फ्लाई दुबईको फ्लाइटबाट नेपाल आउने एन्फाले जनाएको छ ।
छनोटको दोस्रो चरणमा हालसम्म चार खेल खेले पनि नेपाल अंकविहीन छ । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स र यमनसँग पनि हार बेहोरेको थियो । नेपालले अब जुनमा यूएई र यमनसँग खेल्नेछ ।