काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ ।
आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ ।
उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०।९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन सर्वोत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।