२०८१ माघ १९, शनिवार , ०६:०२:०८ बजे

Sajhamanch
'

इलाम-२ मा नाम सिफारिस भएका पार्टी नेतालाई देउवाले बोलाए

बुधवार, चैत १४, २०८०

काठमाडौं । इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।

इलाम–२ को उम्मेदवारका लागि भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।

नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौंमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।