
सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ।
बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले सेतोपाटीलाई जानकारी दिए। इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।