२०८१ माघ २८, सोमवार , ०९:०३:२३ बजे

Sajhamanch
'

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

बुधवार, चैत १४, २०८०

काठमाडौं।  नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो।हराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो।

जितसँगै बहराइन समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ। नेपाल भने चार अंकविहिन हुदै पुछारमा रहेको छ।यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।अब नेपालले विश्वकप् छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित खबर