२०८१ पौष ५, शुक्रवार , १०:२२:३८ बजे

Sajhamanch
'

नेपालको पहिला ब्याटिङ, ऐरीलाई आराम

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । नेपालले मंगलबार आयरल्यान्ड उल्भस (ए) सँगको दोस्रो तथा अन्तिम टी- २० क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि आयरल्यान्ड ‘ए’ लाई बलिङमा बोलाएका हुन् ।

नेपाल सोमबार पहिलो खेल ६ विकेटले जितेर शृंखलामा अगाडि रहेको छ । नेपालले पहिलो खेल खेलेको टोलीबाट दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई खेलाएको छैन । उनीहरूको स्थानमा अनिल साह र विवेक यादवलाई खेलाएको छ । दीपेन्द्रले पहिलो खेलमा अविजित २० रन बनाएका थिए भने लतिलले २ विकेट लिएका थिए ।

आयरल्यान्डसँगको यस खेलपछि नेपाल बिहीबार भारतको भापीमा हुने गुजरात र बडौदाको टोली सम्मिलित त्रिकोणात्मक शृंखला खेल्न लाग्ने छ । नेपालले अर्को महिना ओमानमा एसिया कप टी- २० छनोट तथा जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी- २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ ।

सम्बन्धित खबर