२०८१ माघ १९, शनिवार , ०९:०७:१७ बजे

Sajhamanch
'

बोआओ फोरममा भाग लिन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ ।

हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।