२०८१ माघ १८, शुक्रवार , ०७:३२:५२ बजे

Sajhamanch
'

इलाममा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

मङ्गलवार, चैत १३, २०८०

इलाम। इलामको सूर्योदय नगरपालिका–१२, मलिममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते ५६ वर्षीया स्थानीय मनकुमारी प्रधानको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

मे १ ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्ने क्रममा अचानक न्युट्रलमा गइ अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीको भनाइ छ । अटो चालक स्थानीय अनिश राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर