२०८२ जेठ ११, आइतवार , ०५:५९:१८ बजे

Sajhamanch
'

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ मा सुहाङ नेम्वाङ

आइतवार, चैत ११, २०८०

काठमाडौं । नेकपा (एमाले) ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। एमालेले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै सचिवालय बैठकले ऐन महरलाई पुनस् केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।

सम्बन्धित खबर