२०८१ जेठ ८, मङ्गलवार , ०६:४०:४९ बजे

Sajhamanch
'

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा प्रसाइद्वारा १० हजार सहयोग

आइतवार, चैत ११, २०८०

बिर्तामोड । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षय कोषमा सहयोगी हातहरूबाट स्वतस्फूर्त रुपमा सहयोग जुट्ने कार्य जारी छ। सामाजिक अभियन्ता बिर्तामोड नगरपालिका–९ मा स्थायी बासिन्दा (हाल अमेरिका) नरेश प्रसाईले सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा स्वतस्फूर्त रुपमा सहयोग गर्नुभएको छ ।
सामाजिक अभियन्ता प्रसाईले सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा सहयोग स्वरुप दशहजार रुपैयाँ आफन्तमार्फत प्रदान गर्नुभएको सहयोग रकम संस्थाकी अध्यक्ष रेजिना गौतमलाई हस्तान्तरण गरिएको थियो । २०६९ स्थापना भएको यस संस्थाले महिला पत्रकारको क्षमता अभिबृद्धिका साथै महिलाहरुको नेतृत्व विकास, व्यक्तित्व बिकास, दक्षता, क्षमता अभिवृद्धि समाज रूपान्तरणमा , महिला सशक्तिकरण लगायत बालबालिका तथा सार्वजनिक सरोकारका विषयमा काम गर्दै आएको छ ।
बहुउद्देश्यीय उद्देश्य लक्ष्य राखेर ५० लाखको अक्षयकोष स्थापना गरि सहयोेग संकलन गर्दै आएको संस्थाको अक्षयकोषमा हाल ४० लाखको नजिक पुगेको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो । कोष पूर्णताको लक्ष्य नजिकै पुगेको अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो।
अक्षयकोष पूर्णताको अभियानमा रहेको संस्थाले लक्ष्यमा प्राप्ती नभएसम्म स्थानीय सरकार, विभिन्न संघसंस्था, प्रदेश सरकारसंग समन्वय गरी सहयोग जुटाउँदै उद्देश्य अनुसारका काम गर्दै आएको संस्थाकी सचिव मायामितु न्यौपानेले बताउनु भयो ।

सम्बन्धित खबर