२०८१ माघ १९, शनिवार , ११:४३:५५ बजे

Sajhamanch
'

जनकपुर फर्किदै मध्यमा परिक्रमाका यात्री, भोलि अन्तरगृह परिक्रमा गरिने

आइतवार, चैत ११, २०८०

काठमाडौँ । १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज जनकपुर फर्किंदै छन्। फागुन २७ गते धनुषाको मिथिला नगरपालिका-८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोलासहित सुरु भएको माध्यमिकी परिक्रमा आज साँझसम्म जनकपुरधाम आइपुग्ने छ।

१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत विभिन्न स्थानमा बास बस्ने छन्। रात्री विश्राम पछि भोलि अन्तरगृह परिक्रम गरेर पर्सि मात्रै जनकपुरधाममा होली मनाइने छ।

अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा पनि भन्ने गरिन्छ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरधामको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ।