२०८१ माघ ६, आइतवार , ०७:०७:५६ बजे

Sajhamanch
'

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुरु भएको छ । ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि स् हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको हो ।

महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालले संयुक्तरूपमा सम्मेलन आयोजना गरेको सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो ।

सम्मेलनमा न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल हुनेछ । भोलिसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकासलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ । सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता छ ।