
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने बताएका छन्। बिहीबार अर्थसमितिको छलफलमा उनले यस्तो बताएका हुन्। भन्सार चुहावट कम गर्ने योजना अघि सारिएको उनको भनाइ छ।
ुप्रधानमन्त्री र गृहमन्त्रीसँग पनि बसेर भन्सार चुहावट कम गर्ने योजना अघि सारेका छौं, आगामी महिनादेखि प्रभावकारीता देखिने छ, अर्थमन्त्री पुनले भने।
उनले ४० प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिए पनि पूरा हुन समस्या रहेको बताए। तर, अहिले न्यून राजस्व वृद्धिदर देखिएको कारण २० प्रतिशतसम्मको वृद्धिदर हुने लक्ष्य राखेको बताए।
मन्त्री पुनले एकै पटक कृषिबाट धेरैलाई रोजगारी दिन सकिने र त्यो अनुसार सरकारले काम गर्ने बताए। कृषिमा मेसिन उपभोग गर्न सके लागत घटने र आम्दानी बढ्ने उनको भनाइ थियो।