२०८१ माघ ६, आइतवार , ०८:०३:०७ बजे

Sajhamanch
'

हुम्लाको राया गाउँका सरकारी र सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार

बिहिवार, चैत ८, २०८०

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार भएको छ । यसअघि रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएकोमा हिजोदेखि चौबीसै घण्टा विद्युत् सेवा निरन्तर हुन थालेको कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयलाई मासिक दुई हजार रुपैयाँ विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताउनुभयो ।

गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्था र सरकारी कार्यालयलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क १० रुपैयाँ तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत छ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।

सम्बन्धित खबर