काठमाडौँ । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला एक लाख २७ हजार आठ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।