२०८२ वैशाख २९, सोमवार , ०४:२४:४७ बजे

Sajhamanch
'

ओलीको कटाक्ष : मोहनविक्रम छाती पिटेर रोइकराइ गरिरहेका छन्

बुधवार, चैत ७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबारे कडा टिप्पणी गरेका छन् ।

बुधबार राजधानीमा भएको एउटा कार्यक्रममा ओलीले असफल भएपछि मानिस कसरी पतन हुन्छन् भन्दै सिंहलाई सम्झिए ।

‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईंहरुले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो उहाँको’ ओलीले भने, ‘अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’

उनले अगाडि भने, ‘कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभाबाट मनोनित गरेर पठाउँथ्यो होला । सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन् ।’

नेपाली कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन रहेका बेला सिंहकी पत्नीसमेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्ने सहमति भएको थियो ।

जीवनभर कम्युनिस्ट भनेको के का लागि रहेछ भनेर बुढेसकालमा पर्दाफास भएको ओलीले बताए ।

सम्बन्धित खबर