२०८१ पौष ४, बिहिवार , ०९:३३:५९ बजे

Sajhamanch
'

सर्वोच्चबाट हतियारसहित पक्राउ परेका २ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

बुधवार, चैत ७, २०८०

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अस्ति सोमवार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाण्डौले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान गर्ने भएको छ । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षक भएको खुलेको थियो ।

सम्बन्धित खबर