झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ वडाध्यक्ष सिकिन पासवानलाई सम्मान गरिएको छ ।
भारतको आसाम राज्य अन्तर्गत गुहाटीमा एक भव्य कार्यक्रमका बीच पासवानलाई सम्मान गरिएको हो । गोल्बल मानव अधिकार संरक्षण फोरमको स्थापना दिवसको अवसर पारेर उक्त संस्थाले इन्टरनेश्नल युथ सेन्टरको संस्थापक सदस्य समेत पासवानलाई डा. वि.आर अम्बेडकर गोल्बल फलोसीप अवार्ड २०२४ प्रदान गरेको हो ।
संस्थाका अनुसार सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याएकाले उनलाई अवार्ड प्रदान गरिएको हो । वडाध्यक्षलाई पासवान २०१९ मा पनि गोल्बल गान्धी सम्मेलनमा गोल्बल शान्ती दुत पुरस्कारबाट पनि पुरस्कृत गरिएको थियो ।