२०८२ कार्तिक ३०, शनिवार , ०२:४६:४० बजे

Sajhamanch
'

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट

बुधवार, चैत ७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ। बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२